Incident Reports

आफ्नै विद्यार्थीलाई बलात्कार गर्ने हेडमास्टरको कर्तुत पर्दाफास ! | katipath news

2021-11-18

दोलखाको बैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर उच्च मा.वि. का प्रधानाध्यापक गोपालध्वज श्रेष्ठले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको रहस्य पत्ता लागेको छ । प्रधानाध्यापक श्रेष्ठले आफुलाई जबर्जस्ती करणी गरेको पिडित युवतीले बताएको अडियो रेकर्ड र म्यासेन्जरको स्क्रिनसट स्रोत मार्फत कान्तिपथलाई प्राप्त भएको छ ।

पिडितले अमुक व्यक्तिलाई फोनमा बताए अनुसार श्रेष्ठले श्रीमतीलाई दोलखाको काब्रेबाट तराई पठाएको दिन मौका छोपेर बलात्कार गरेका हुन् । फोनमा उनले भने अनुसार पिडितका मामाले उनलाई हनुमन्तेश्वर उच्च मा.वि. मा पढ्नका लागि श्रेष्ठको घरमा छाडेका थिए । छोरी जस्तै पालेर राख्छु भन्दै कबुल गरेका श्रेष्ठले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको बात लागेको हो । श्रेष्ठ भने आफुलाई फसाउनका लागि यो प्रपन्च रचिएको बताउदै हिड्ने गरेका छन् ।

श्रेष्ठले पटक पटक गोप्य अंगमा छुने, केहि हुदैन भन्दै टाउकोमा हात राखेर कसम खाने गरेका थिए । पिडित विद्यार्थीलाई श्रेष्ठले यो कुरा बाहिर भने उसको नाम लिएर आत्महत्या गर्ने धम्की दिंदै आउने गरेका थिए । श्रेष्ठले पिडितका आमा र मामालाई समेत फसाउने धम्की दिने गरेका थिए ।

कान्तिपथलाई प्राप्त म्यासेजमा श्रेष्ठले पिडितलाई कहिलेकाहीं यस्तो हुन्छ नि भन्दै सम्झाउन खोजेका छन् । पिडितले भने थुक्क तपाईलाई लाज नभएको हेड सर, सबैको अगाडी बेइज्जत गर्दिन्छु भन्दै म्यासेज गरेकी छन् । स्रोतले बताए अनुसार श्रेष्ठले आफ्नो पदबाट राजिनामा दिईसकेका छन् ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments