Incident Reports

सर्लाहीमा कांग्रेस निर्वाचन अधिकृतमाथि हातपात – देशसञ्चार

2021-11-18

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएकाे छ। पार्टीबाट खटिएका निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि हातपात भएकाे हाे।

क्रियाशील सदस्यताको विषयमा सर्लाहीकाे बलरामा वडा अधिवेशन रोक्न माग गरिएकाे थियाे तर निर्वाचन अधिकृत पाण्डेले अस्वीकार गर्दा उनीमाथि हातपात भएको हो।

सर्लाहीमा आज वडा तहको अधिवेशन हुँदैछ। गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो। आजका लागि तय भएको वडा अधिवेशनका क्रममा जिल्ला निर्वाचन अधिकृतमाथि हातपात भएकाे हाे। मलंगवास्थित पार्टी कार्यालयमा छलफलका क्रममा हातपात भएको जनाइएकाे छ।

सर्लाहीमा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह र प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको खेमामा कांग्रेस विभक्त छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments