Incident Reports

सेनाद्वारा ५१ थान सकेट बम डिस्पोज l

2014-08-09

Karnali, Surkhet, Chingad

Durga Thapa सुर्खेत । ०७१ साउन २४ गते सदरमुकाम वीरेन्द्रनगरदेखि उत्तरपूर्वमा रहेको रानीवास गाविस-६ पुङमा फेला पारिएको ५१ थान सकेट बम नेपाली सोनको बम डिस्पोजल टोलीले ०७१ साउन २४ गते डिस्पोज गरेको छ । ०७१ साउन २२ गते त्यँहा फेला पारिएको ३० थान र बम डिस्पोजल टोली पुगेकै समयमा पुङकै नरबहादुर खड्काको घरमा फेला परेको २१ थान सकेट बम सेनाले डिस्पोज गरेको हो । स्थानीयवासीले पुङको सिस्नोघारीमा शङ्कास्पद झोला फेला पारेलगत्तै प्रहरीलाई खबर गरेपछि रानीवास पुगेको प्रहरी टोलीले झोला खोल्दा बिहीवार ३० थान र शनिवार खड्का आफैँले आफ्नो घरमा सशस्त्र द्वन्द्वको समयमा छोडिएको हुन सक्ने २१ थान सकेट बम रहेको प्रहरीलाई बताएका थिए । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis