Incident Reports

पार्टीको अधिवेशनको विषयमा कुटपिट हुँदा प्रदेश मन्त्रीसहित छ घाइते | Nagarik News - Nepal Republic Media

2021-11-18

महाधिवेशनको विषयलाई लिएर सर्लाहीको मलंगवामा दुई पक्षबीच झडप भएको छ। झडपमा प्रदेश मन्त्रीसहित छ जना घाइते भएका छन्।नेपाली काँग्रेस पार्टीको महाधिवेशनको लागि स्थानीय तह, प्रदेश तथा निर्वाचन क्षेत्रस्तरीय र जिल्ला अविधेवनको काम भइरहेको छ। यसै सन्दर्भमा आन्तरिक विवादको कारण गत शनिवार निर्वाचन अधिकृतले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको थियो।

महाधिवेशनको विषयमा मलंगवामा भएको विवादमा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहसमेत समेतले कुटाइ खाएका छन्। विवादका कारण सर्लाहीको अधिवेशनसम्बन्धी अन्य कार्यक्रम झन् अनिश्चित भएको छ।अर्का पक्षका नागेन्द्रकुमार रायले वडा अधिवेशनको लागि मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेको बेला केहीले निर्वाचन अधिकृतलाई घेरा हालेर हातपात गरेको दाबी गरेका छन्।

जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। दुवै पक्षबीच सर्लाहीमा कडा टक्कर रहेको छ। दुवै जना सर्लाहीमा पार्टी सभापतिका दाबेदार छन्।दुवै जनाले एक अर्कामाथि पार्टी कब्जा गर्ने होडमा लागेको आरोप लगाइरहेका छन्। पार्टीको दुई पक्षमा विवाद भएपछि सर्लाहीको पार्टी अधिवेशनको विषयमा के हुने भन्ने कुरा अनिश्चित भएको छ।सर्लाहीमा चर्चित युवा नेता डा. अमरेशकुमार सिंह र प्रदेश मन्त्री सिंह एक अर्काबिच प्रतिद्वन्द्वी देखिएका छन्। यसले गर्दा जिल्लामा विवाद झन् बढेको देखिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments