Incident Reports

बलात्कार अभियोगमा जेलमा रहेका युवाले कारागार भित्रै गरे आत्महत्या : RajdhaniDaily.com

2021-11-18

Madhes, Rautahat, Dewahhi Gonahi

रौतहट । रौतहतटका एक कैदीबन्दीले जेल भित्रै आत्माहत्या गरेका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका वाड नं. ७ घर भएको २४ बर्षिय लडाई साहले गौर कारागार भित्र रहेको शौचालयमा आज आत्मा हत्या गरेका हुन् । अपहरण तथा शरिर बन्धक एवं जबरजस्ती करणी मुद्दामा २०७६ बैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले २१ वर्ष कैद तथा ३० हजार नगद जरिवाना सजाय सुनाएको थियो ।

गौर कारागारमा कैद भुक्तान गरिरहेका साह शौचालय भित्र छिरेको लामो समयसम्म पनि बाहिर नआए पछि कैदी बन्दीहरुले भित्र हेर्दा उनी झुण्डिएको अवस्थामा फेला पारेका थिए ।शौचालय भित्र गम्छाले पासो लगाएको झुण्डिएको फेला परेका साहलाई तत्कालै अस्पताल लगिएको थियो । चिकित्सकले मृत घोषित गरेको गौर कारागारका निमित कारागार प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिए ।घटना’ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी तथा प्रबक्ता नारायण प्रसाद चिमरियाले जानकारी दिएका छन । उक्त कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहदै आएका छन् ।


0 Comments