Incident Reports

बलात्कार प्रयास गर्ने पुर्पक्षका लागि थुनामा l

2014-08-08

Sur Bahadur Pariyar कैलाली । ०७१ साउन २४ गते ६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा लालबोझी गाविस-२ का १८ वर्षीय र्सबेश लोनियालाई साउन २३ गते जिल्ला अदालत, कैलालीको आदेशमा पुर्पक्षका लागि जिल्ला कारागार,कैलाली थुनामा राखिएको छ । स्थानीय मन्दिरको छेउमा खेलिरहेकी बालिकालाई मोवाइलमा गीत देखाउने बाहनामा साउन २ गते दिउँसो बालिकालाई आरोपित लोनियाले बलात्कार प्रयास गरेको आरोपमा परेको मुद्दामा थप अनुसन्धानका लागि जिल्ला कारागार, कैलाली चलान गरेको जिल्ला अदालत, कैलालीले जनायो । बालिकालाई आरोपित लोनियाले बलात्कार प्रयास गरेको भन्दै पीडितकी आमाले साउन ३ गते इलाका प्रहरी कार्यालय भजनीमा किटानी जाहेरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३ गते सेती अञ्चल अस्पताल धनगढीमा भएको थियो । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis