Incident Reports

प्रहरी हिरासतमा एक जना वृद्धाको मृत्यु – इन्सेक

2021-11-20

Sudurpashchim, Bajhang, Kedarseu, Ward 2

केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया कृष्णादेवी रावलको मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय, बझाङको हिरासतमा मृत्यु भएको छ । हिरासत कक्षमा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल, सिमखेत लैजाँदै गर्दा ७७ वर्षीया रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर बिष्टले बताउनु भयो । बिहान चिहा खाने क्रममा रावल बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्‍याएको भएपनि चिकित्सकले मृत घोषित गरेको डिएसपी विष्टको भनाई छ ।

शवको पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल, सिमखेतमा राखिएको छ ।प्रहरी हिरासतमा मृत्यु हुनु भएको रावल र उहाँका छोरा जयबहादुर रावलालाई कात्तिक २० गतेदेखि कर्तव्य ज्यान अन्तर्गत हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।आमा छोरा मिलेर हत्या गरिएको भन्दै जयबहादुर रावलका ससुराली पक्षले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।प्रहरी हिरासतमा मृत्यु भएकी रावलकी बुहारी २८ वर्षीया धौलीदेवी रावल कात्तिक ७ गते घरमै झुण्डिएको अवस्थामा फेरा परेकी थिइन् ।


0 Comments