Incident Reports

महिलालाई भारत बेच्न लैजाँदै गरेका तीन जना गिरफ्तार l

2014-08-09

Sudurpashchim, Kailali, Dhangadhi

Sur Bahadur Pariyar कैलाली । ०७१ साउन २४ गते धनगढी नपा-४ स्थित त्रिनगरभान्सारबाट वैदेशिक रोजगारका प्रलोभनमा नेपाली महिलालाई भारत बेच्न लैजाने तीन जनालाई त्रिनगर प्रहरी चौकीले साउन २३ गते गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकामा धनगढी नपा-५ हसनपुरकी २५ वर्षीया जुनुकुमारी डाँगी, ४५ वर्षीया अस्मीति डाँगी र दाङ जिल्ला पिपरा गाविस-५ का सुरेश ओली रहेको त्रिनगर भन्सार प्रहरी चौकीले जानकारी दिएको छ । नुवाकोट जिल्ला देउराले गाविस-८ की ४८ वर्षीया आमा दन्तरी तमाङ ,छोरी २५ वर्षीया रीतु तमाङ, उदयपुर जिल्ला बेलटा गाविस-६ की २६ वर्षीया यशोदा पौडेल र लेकुवा गाविस-४ की ४० वर्षीया पार्वता कटुवाललाई भारत लैजाँदै गरेको अवस्थामा माइती नेपाल धनगढीको सहयोगमा तीन जनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका विरुद्ध मानवबेचबिखन तथा ओसारपसारमा मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । उद्दार गरिएका चार जना महिलाहरूलाई माइती नेपालको संरक्षणमा जिम्मा दिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । सुरबहादुर परियार

0 Comments