Incident Reports

No translation available.

2014-08-08

Lumbini, Gulmi, Kaligandaki

Naresh Bhandari गुल्मी । ०७१ साउन २६ गते ६९ वर्षीया महिलालाई बलत्कारपछि हत्या गरेको अभियोगमा ठूलोलुम्पेक गाविस- १ घर भई अर्बेनी गाविस- ३ मा डेरा गरी बस्ने ४० वर्षीय देवबहादुर थापाविरुद्ध ०७१ साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ। आरोपितले ०७१ साउन २२ गते बिहान हर्मिचौर गाविस-३ तल्लापोखराकी ६९ वर्षीया देउरुपा सापकोटाको उनकै घरमा बलत्कारपछि हत्या गरेको भन्दै पीडितका पति ७० वर्षीय लक्ष्मीपति सापकोटाले किटानी जाहेरी दिएका हुन् । मौखिक जानकारीको आधारमा प्रहरीले आरोपितलाई ०७१ साउन २५ गते घरबाटै गिरफ्तार गरीसाउन २६ गते जिल्ला अदालतमा पेश गरी १० दिन म्याद थपेर अनुसन्धान थालेको डिएसपी राजकुमार लम्सालले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा आरोपितले बलात्कारपछि कोदालो प्रहार गरी हत्या गरेको स्वीकार गरेको बताए । पीडितको लास ०७१ साउन २४ गते जिल्ला अस्पताल स्याङ्जामा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis