Incident Reports

थाहा खबर: डडेल्धुराका सबै अधिवेशन अवैध भन्दै देउवाइतर पक्षको प्रदर्शन

2021-11-23

अवैध ढंगले सातौं जिल्ला अधिवेशन सम्पन्न गरेको भन्दै नेपाली कांग्रेस डडेल्धुराको असन्तुष्ट पक्षले विरोध गरेको छ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सोमबार जिल्ला अधिवेशन भएको थियो।अधिवेशनबाट परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका भीमबहादुर साउद सभापति बनेका छन्।निवर्तमान सभापति कर्णबहादुर मल्ल पक्षले अधिवेशन अवैध भएको भन्दै मंगलबार जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली निकालेको छ।

मल्ल पक्षका नेता कार्यकर्ताले कालो झण्डासहित देउवाविरुद्ध चर्का नारा लगाउँदै मोटरसाइकल र्‍याली निकालेका हुन्।‘शेरबहादुर देउवा मुर्दावाद', 'निकम्मा निर्वाचन समिति मुर्दावाद', 'तानाशाह मुर्दावाद', 'हाम्रो उजुरीमाथि निर्णय गर', 'नेपाली कांग्रेस जिन्दावाद', 'कर्ण मल्ल जिन्दावाद’ लगायत नारा लगाएका थिए।निवर्तमान सभापति मल्लले जिल्लामा भएका सबै अधिवेशन अवैध भएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गराइसकेका छन्।सभापति मल्ललगायत नेता कार्यकर्ता मंसिर १ गतेदेखि राजधानी काठमाडौंस्थित सानेपास्थित केन्द्रीय कार्यालयमा अनशनरत छन्।

हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, डडेल्धुराका सबै अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा अधिवेशनको नयाँ मिति तय गर्नुपर्नेलगायत माग मल्ल पक्षको छ।जिल्लाले पठाएका क्रियाशील सदस्यमध्ये ४ सय ६० जना बिनाकारण हटाइएको र समायोजन भएका सय जनासहित ४ सय १२ नयाँ सदस्य एकपक्षीय रूपमा थपिएको मल्ल पक्षको दाबी छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments