Incident Reports

बालिकालाई बलात्कार प्रयासको आरोपमा १८ वर्षीय युवक पक्राउ

2021-11-23

Bagmati, Ramechhap, Umakunda, Ward 7

रामेछाप — गत शुक्रबार विद्यालयबाट घर फर्कँदै गरेकी ५ वर्षीया बालिकालाई जवर्जस्ती करणी प्रयास गरेको आरोपमा रामेछापको भुजीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछापको उमाकुण्ड ७ भुजीको देउरालीबारीकी ५ वर्षीया बालिकालाई उनी सगैं रहेकी ८ वर्षीया दिदीबाट छुटाई ढुंग्गाको चेपमा लगेर करणीको प्रयास गर्ने सोही स्थानका १८ वर्षीय प्रकाश भन्ने पदमबहादुर नेवारलाई प्रहरीले भुजीकै बांसघारीमा लुकेको अवस्थामा ३ दिनपछि सोमबार पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बहिनीलाई करणीको प्रयास गर्न थालेपछि संगै रहेकी चिच्च्याएकी दिदीलाई पनि मार्ने धम्की दिई तानेर करणीको प्रयास गर्दै गर्दाको अवस्थमा अरुले देखेपछि नेवार भागेका थिए । प्रहरीले उनको खोजीको क्रममा भुजीकै लहरे टोलबाट सोमबार बेलुका पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार पक्राउ परेका युवकलाई जवर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दामा अनुसन्धान गर्न मंगलबार जिल्ला प्रहरी कार्यालयबाट ५ दिन थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments