Incident Reports

नेपाली कांग्रेस जिल्ला अधिवेशनको मत गणना स्थलमा झडप, १२ जना घाइते – इन्सेक

2021-11-23

Lumbini, Pyuthan, Pyuthan, Ward 7

नेपाली कांग्रेस जिल्ला अधिवेशनको मत गणना स्थलमा कार्यकर्ताबिच  मङ्सिर ७ गते भएको झडपमा तीन जना सुरक्षाकर्मी सहित १२ जना घाइते भएका छन् ।नेपाली कांग्रेस जिल्ला अधिवेशनको मत गणना स्थलमा झडप, १२ जना घाइतेझडपलाई नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी बलका सई ३८ वर्षीय बसन्त पण्डित, प्रहरी जवान २३ वर्षीय चन्द्रबहादुर गाहामगर र ३४ वर्षीय गोपाल जिसी घाइते भएका छन् ।

झडपलाई नियन्त्रणमा  लिनका लागि प्रहरीले १४ राउड अश्रु ग्याँस र दुई राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।घाइते कृष्ण बसेल, बिजय रिजाल, चन्द्रबहादुर गाहामगरको भैरहवा मेडिकल कलेज र बसन्त पण्डितको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको डिएसपी थापाले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Total Injured 12
Youth Injured 7
INSEC

0 Comments