Incident Reports

आरती स्ट्रिप्सका प्रशासन प्रमुखमाथि कुटपिट, २ जना प्रहरीको नियन्त्रणमा | Ratopati

2021-11-24

Province 1, Morang, Budhiganga

बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवस नेपालमाथि कुटपिट भएको छ । मोरङको बुढीगंगास्थित भारतीय भूषण ग्रुपद्वारा सञ्चालित स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघलसहित भारतीय मजदूरले उनीमाथि बुधबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते नेपालको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार आरती स्ट्रिप्सका सञ्चालक सिंघल पनि घाइते रहेको बताइएको छ । सिंघल पनि कोशी अस्पतालमा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘दुवै जनालाई चोटपटक लागेको देखिएको छ,’ उनले भने, ‘के कारणले घटनाको भएको हो यस विषयमा अनुसन्धान भइरहेको छ ।’ कुटपिटपछि पुगेको प्रहरीले स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मालाई सोधपुछका लागि नियन्त्रणमा लिएको दाबी गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth youth
Total Injured 2
National/Online Media

0 Comments

Related Reports