Incident Reports

२२ वर्षीया युवतीको हत्या आरोपमा श्रीमान् पक्राउ « Image Khabar

2021-11-24

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 5

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ५ तेनुहवाकी २२ वर्षीया युवती बन्दना पासीको हत्याको आरोपमा उनका श्रीमान्लाई पक्राउ परेका छन् ।शवलाई ट्याक्टरमा राखेर अन्तिम संस्कारका लागि लैजाँदै गरेको अवस्थामा देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । मृतकको ढाडको १२ ठाउँमा घाउचोट देखिएकाले श्रीमान् गणेश पासीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘निधारमा कोतरिएको र ढाडको १२ ठाउँमा बोधो वस्तुले प्रहार गरेजस्तो घाउचोट देखिएकोले श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।मृतकका श्रीमान्सँगको सामान्य सोधपुछमा घरको भर्‍याङबाट लडेर मृत्यु भएको बताएका थिए । तर, घरको अवस्था हेर्दा त्यस्तो नदेखिएको प्रहरीले जनाएको छ ।

घटनास्थल तथा शवको सामान्य जाँच गरी पोस्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीको भनाइ छ ।मृतकको श्रीमानसँगै ट्याक्टरमा रहेका राजु पासी भने भागेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments