Incident Reports

हत्या गरेको आरोपमा भान्जा पक्राउ

2021-11-24

Bagmati, Kathmandu, Chandragiri, Ward 5

काठमाडौं, मङ्सिर १० गते । मामाको हत्या गरेको आरोपमा भान्जालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा मामाको हत्या गरेको आरोपमा चन्द्रागिरि नगरपालिका ५ बस्ने भान्जा नाता पर्ने १८ वर्षीय मिलन लुङगेनी मगरलाई प्रहरीले पक्राउ परेको हो ।धादिङ थाक्रे गाउँपालिका ४ धैरेनी स्थायी घर भएका ३९ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा लुङगेनीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । मङ्सिर ८ गते लुङगेनीले सँगै बस्ने मगरलाई कुटपिट गरेको र कुटपिटपछि घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको थियो ।

लुङगेनीलाई धादिङको थाक्रेबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोटमा पठाईएको महाशाखाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports