Incident Reports

सर्लाहीमा एकै परिवारका ३ जना मृत फेला

2021-11-28

Madhes, Sarlahi, Barahathawa, Ward 1

काठमाडौं- सर्लाहीमा एकै परिवारका तीनजना मृत फेला परेका छन्। बरहथवा नगरपालिका-१ की २६ वर्षीया कविता हजरा, उनकी छ वर्षीया छोरी सलोनी र चार वर्षीय छोरा स्वागत मृत फेला परेको सर्लाहीका एसपी कृष्ण प्रसाईंले बताए।

एसपी प्रसाईंका अनुसार कविता झुण्डिएको अवस्था मृत फेला परेकी थिइन् उनका दुई छोराछोरी ओछ्यानमै मृत भेटिएका थिए। आइतबार राति अबेरसम्म पनि उनीहरु नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनीहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ।

दुई छोराछोरीलाई विष खुवाएर हत्या गरेपछि कविताले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कविताका श्रीमान् वैदेशिक रोजगारीमा मेलेसियामा रहेको पाइएको प्रहरीले जानकारी दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 2
National/Online Media

0 Comments