Incident Reports

शिक्षक माग्‍दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीको लाठी

2021-11-29

Madhes, Parsa, Birgunj

वीरगंजः वीरगंज-पथलैया सडकखण्डको परवानीपुर बजारमा विद्यार्थीहरुले चक्काजाम गरेका छन्। बिहान साढे ११ बजेदेखि २ बजेसम्म चक्काजाम गरी प्रदर्शन गरेका हुन्। वीरगंज -२१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीहरुले अंग्रेजी र विज्ञानको विषयगत शिक्षकको माग गर्दै चक्काजाम गरेका हुन्।यसअघि पनि तीन दिनअघि विद्यार्थीहरुले लिपनीविर्ता वडामा प्रदर्शन गरेका थिए।

सोमबारको प्रदर्शन र चक्काजाम हटाउन पर्सा प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीको लाठीचार्जबाट दश जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा कक्षा १० का विद्यार्थी लक्षमिना पटेल, सोनु पटेल, अखिलेश मण्डल, प्रेमराज मण्डल, सुवोध पटेल, राहुल देवान रहेका छन्।घाइते विद्यार्थीहरुको नजिकैको स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ।पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार स्थिति नियन्त्रणका लागि १३ राउन्ड अश्रु ग्यास प्रहार भएको छ।

करिब ८ सय विद्यार्थी रहेको स्कूलमा शिशु कक्षादेखि १० सम्म पढाई हुन्छ। विद्यालयमा ४ शिक्षिका र ११ शिक्षक छन्। १५ जनामा दैनिक चार जना अनुपस्थित रहँदै आएकोले पठनपाठन प्रभावित भएको विद्यार्थीको भनाई छ। विद्यार्थीहरुले प्रयोगशाला तथा कम्प्युटर कक्षमा समेत विद्यार्थीहरुलाई सिकाउन शिक्षक नगएको आरोप लगाएका छ्न्।

विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहले आन्तरिक समस्याका कारण विद्यार्थीहरुले आन्दोलन गरेको बताए। उनले विद्यार्थीहरुको आन्दोलनप्रति आफ्नो पनि एक्यवद्धता रहेको बताए। समस्या समाधनका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Excessive Use of Force
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 10
Female Injured 1
Youth Injured 10
National/Online Media

0 Comments