Incident Reports

आन्दोलित विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध

2021-11-29

Madhes, Parsa, Birgunj, Ward 18

वीरगन्ज महानगरपालिका– १८ सुखचैनामा रहेको श्री गीता गजेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका छन्। सोमबार बिहान ११ बजेदेखि त्रिभुवन राजमार्गमा पर्ने परवानीपुर चोकमा आन्दोलित विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका हुन्।

केही समयदेखि विद्यालयका शिक्षक नियमित रूपमा विद्यालयमा नआएको, विद्यालयका विद्यार्थीको समस्यामा विद्यालय व्यवस्थापन समितिले वास्ता नगरेको, शिक्षक विद्यालयमा नआउँदा पढाइ अवरुद्ध हुँदै आएको भन्दै विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका हुन्।

विगत लामो सयमदेखि विद्यार्थी विद्यालय जाँदै गरे पनि शिक्षक विद्यालय नआएपछि कक्षा नै नगरी फर्कन बाध्य भएकाले आन्दोलन थालिएको विद्यार्थी अलि असगरले बताए। सामुदायिक विद्यालयको विद्यार्थीको समस्याप्रति सम्बन्धित निकाय उदासीन भएकाले ध्यानाकर्षण गराउन आन्दोलित हुनुपरेको विद्यार्थीले बताएका छन्।

आन्दोलित विद्यार्थीले टायर बालेर प्रदर्शनसमेत गरेका प्रहरी चौकी परवानीपुरका प्रहरी सहायक निरीक्षक लक्ष्मीनारायण सिंहले जानकारी दिए। उनका अनुसार विद्यालयमा विद्यार्थीको समस्यालाई शिक्षकले वास्ता नगरेपछि उनीहरू आन्दोलित भएका छन्।



Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Weapons Fire
Primary Cause Others types of mob justice
Actor 1 - Number of people Unknown
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports