Incident Reports

जबरजस्ती करणीको घटना मिलाउन बालिकाका बुवालाई पीडकका परिवारको धम्की

2021-11-27

Madhes, Parsa, Jirabhawani, Ward 2

वीरगंज : जिरा भवानी गाउँपालिका वडा नम्बर २ सेढवामा शनिवार राति भएको जबरजस्ती करणीको घटना मिलाउन पीडकका परिवारले पीडितका बुबालाई धम्की दिएका छन्। १२ वर्षीया बालिकालाई राति घरमा कोही नभएको बेला स्थानीय युवकले जबरजस्ती करणी गरिरहेको बेला छिमेकीहरूले थाहा पाएपछि युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए।

घटनामा संलग्न रहेको अभियोगमा १८ वर्षीय युवक प्रभु साह कानूलाई प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका बुवाले उपचारको क्रममा परिवारका अन्य सदस्य वीरगंजस्थित नेशनल मेडिकल कलेजमा आएको बेला घरमा कोही नभएको मौका छोपी युवकले छोरीलाई करणी गरेको बताए।

बालिका अहिले माइती नेपालको जिम्मामा रहेको तथा आफू अहिले अस्पतालमा छोराको उपचार गराइरहेको बेला पीडकका आफन्तहरू अस्पतालमा पुगी मिलापत्र गर्न दबाब दिइरहेको र मिलापत्र नगरे ज्यान मार्ने धम्की पनि दिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रारम्भिक अनुसन्धानमा बालिकासँग जबरजस्ती गरिएको पाइएकोले पक्राउ परेका युवकमाथि सोही कसूरमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाएको बताए। पक्राउ परेका कानूलाई पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिप्रका पर्साले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports