Incident Reports

चुहावट नियन्त्रण गर्न गएका विद्युत् कर्मचारीमाथि हातपात हुँदा तीनजना घाइते

2021-11-30

Madhes, Siraha, Sakhuwanankarkatti, Ward 3

विद्युत् चुहावट नियन्त्रण गर्न सुरक्षाकर्मीसहित गएका विद्युत् कर्मचारीलाई सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ सरहञ्चिरयाका गाउँलेले कुटपिट गरेका छन् । स्थानीय गाउँलेले घेरा हालेर कुटपिट गर्दा चुहावट नियन्त्रण गर्न फिल्डमा खटिएका १४ जनामध्ये फिल्ड इन्चार्ज प्रकाशनारायण चौधरीसहित तीनजना घाइते भएको नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र यादवले बताएका छन् । इन्जिनियर यादवका अनुसार दुईजनालाई सामान्य चोटपटक लागेकाले लहानमा उपचार गरी घर पठाइएको, तर चौधरीको घाँटीमा गम्भीर चोट लागेकाले थप उपचारका लागि बुधबार बिहान विराटनगर पठाइएको छ । ‘गाउँलेले तीनजना नेपाल प्रहरी, सातजना सशस्त्र प्रहरी हुँदाहुँदै विद्युतका कर्मचारीलाई घेराबन्दी गरेर कुटपिट गर्दै पिकअप भ्यानको सिसासमेत तोडफोड गरी फिल्ड खर्चका लागि इन्चार्ज चौधरीलाई दिइएको २० हजार रुपैयाँ पेस्की रकमसमेत गाउँलेहरूले खोसेका छन्,’ उनले भने, ‘कर्मचारीले लगाएको सुनको सिक्री लुटिनुका साथै मोबाइल तोडफोड भएको छ ।’ त्यसका साथै सखुवानन्कारकट्टीकै महदेवा र गढिया गाउँबाट विद्युत् चोरी गरी पानी तानिरहेको अवस्थामा नियन्त्रणमा लिइएको पाँचजना स्थानीय र पाँच थान मोटरसमेत खोसेर लगेको उनले बताए ।

यसरी भयो घटना

इन्जिनियर यादवका अनुसार महदेवा र गढिया गाउँबाट विद्युत् चोरीमा संलग्न रहेकै अवस्थामा पाँचजना स्थानीय र पाँच थान मोटर नियन्त्रणमा लिएर चुहावट नियन्त्रण टोली मंगलबार मध्याह्नतिर सरहञ्चिया गाउँ पुगेको थियो । ‘गाउँ पुग्दा एकजनाको घरमा हुकिङ गरेको भेटिएपछि उनलाई नियन्त्रणमा लिने प्रयास गर्‍याैँ,’ उनले भने, ‘तर हु3किङ गर्ने व्यक्ति कपडा लगाएर आउँछु भन्दै घरको पहिलो तलामा उक्लिएर त्यहीँबाट खेततिर हाम फालेर भाग्न खोजेपछि सशस्त्र प्रहरीले लखेटेर नियन्त्रणमा लिएको थियो ।’

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएलगत्तै खुट्टा भाँचियो भन्दै रुन–कराउन थालेपछि एम्बुलेन्स बोलाएर लहानस्थित कामना नर्सिङ होममा भर्ना गरिएको उनले बताए । खुट्टा भाँचिएको भनिएका व्यक्ति एम्बुलेन्स चढेर लहान हिँडेलगत्तै विद्युत् प्राधिकरणका कर्मचारीहरूमाथि हातपात भएको उनको भनाइ छ ।

दोषीमाथि कारबाहीको माग

चुहावट नयन्त्रण गर्न फिल्डमा खटिएका कर्मचारीहरूमाथि कुटपिट र लुटपाट भएपछि प्राधिकरणको लहान वितरण केन्द्रले विज्ञप्ति जारी गर्दै कर्मचारी सुरक्षित रही काम गर्ने वातावरण बनाउन माग गरेको छ । विद्युत् चुहावट नियन्त्रणका लागि खटिएका कर्मचारीको संयुक्त टोलीमाथि सांघातिक आक्रमण गरी दुर्व्यहार गर्दै मोबाइल, पिकअप भ्यान तोडफोड, कर्मचारीके सुना गहना, नगदसहित लुटपाट गएिकाले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन विज्ञप्तिमार्फत माग गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 14
Actor 2 - Affiliation (Target) Police Other state institutions
Actor 2 - Youth na
Total Injured 3
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports