Incident Reports

सहकारीका सुरक्षा गार्डको हत्या गरी लुटपाट गरेको आरोपमा दुई जना काठमाडौंबाट पक्राउ :: सेतोपाटी संवाददाता :: Setopati

2021-10-27

Bagmati, Dolakha, Gaurishankar

सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या भएको हो।दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो।

गत कात्तिक १० गते एक अज्ञात समूहले सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिएको खबर प्रहरीले पाएको थियो। त्यस्तै, उनीहरूले सहकारीबाट एक लाख ८५ हजार ७८० रुपैयाँ लुटेर फरार भएका थिए।फरार भएको दुई दिनपछि खड्काको शव जुगुको जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments