Incident Reports

कोटेश्वरको गेष्ट हाउसमा २ बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ | Ratopati

2021-12-01

Bagmati, Kathmandu, Kathmandu, Ward 32

काठमाडौंको कोटेश्वर स्थित गेष्ट हाउसमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको साविक वनाहा घर भएका ४२ वर्षीय फटुली साह छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मंसिर १५ मा कोटेश्वरस्थित सुब्बा गेष्ट हाउसबाट १२ वर्षीया र १५ वर्षीया बालिकालाई उद्दार गरेको थियो । ती बालिकालाई माइती नेपालको संरक्षणमा राखिएको छ । मकवानपुरबाट दुई बालिकालाई फकाएर ल्याएर शाहले बलात्कार गरेको सुराक पाएपछि प्रहरीले गेष्ट हाउसमा छापा मारेर बालिकालाई उद्दार गरेको हो । बालिकाका आफन्तलाई उनले काठमाडौंमा लगेर ‘पढाउन’ भनेर ल्याएका थिए । माइती नेपालले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी वृत बानेश्वरले आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । शाह मकवानपुर स्थित पीडितको घरमा गइरहन्थे । त्यहाँबाट बस चढाएर काठमाडौं ल्याएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments