Incident Reports

थप्पड खाएपछि घाँटी कँसेर श्रीमतीको हत्या – देशसञ्चार

2021-12-02

Bagmati, Lalitpur, Lalitpur

काठमाडौँ – ललितपुरको कुपन्डोलमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।ललितपुर प्रहरी परिसरको टोलीले प्राविधिक अनुसन्धानपछि मृतकका श्रीमान ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरेको हो। भुजेलले मंसिर १६ गते कोठामा श्रीमती जानुका मृत भेटिएको भन्दै छिमेकीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो।ललितपुर प्रहरी प्रवक्ता प्रज्वल महर्जनले एक्काराजले श्रीमतीको घाँटीमा सलले कँसेर हत्या गरेको बताए। उनका अनुसार एक्काराज मदिरा सेवन गरी दिउँसो कोठा पुगेका थिए। आफूलाई  श्रीमतीले थप्पड हिर्काएकाे भन्दै  एक्काराम श्रीमतीमाथि जाई लागेका थिए।

‘काम गर्नु छैन, जाँडमात्र खानु हुन्छ भनेर श्रीमतीले रिस पोखेकी रहिछन्। त्यहीबेला एक्काराजले घाँटी कँसेको पाइएको छ’, एसपी महर्जनले भने। घटनाका बेला उनीहरुका तीनैजना सन्तान स्कुल गएका थिए। मृतकका १६ वर्षीया छोरी तथा ९ र ६ वर्षका छोरा छन्। भुजेल दम्पत्ती ज्यामी काम गर्दै आएका थिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Youth Killed n/a
National/Online Media

0 Comments