Incident Reports

बालकोटको बारीमा १२ वर्षीया बालिका बलात्कृत « News24 : Premium News Channel

2021-12-04

Bagmati, Bhaktapur, Suryabinayak, Ward 2

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका – २ स्थित बालकोटमा एक किशोरी बलात्कृत भएकी छन् । आइतबार साथीहरुसँग खेल्न गएकी स्थानीय १२ वर्षीया किशोरी गहुँबारीमा बलात्कृत भएकी हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी राति करिब ७ बजेतिर बलात्कृत भएको अनुसन्धानबाट खुलेको छ । उनलाई बलात्कार गरेको आरोपमा एक १७ वर्षीय किशोर पक्राउ परेका छन् । पीडित किशोरी साथीहरुसँग लुकामारी गर्ने भन्दै घरबाट निस्कीएकी थिइन् । लुकामारी खेलिसकेपछि सबै साथीहरुसँग छुटेपछि ती किशोरले बलात्कार गरेको हुनसक्ने प्रहरीले बताएको छ । उनलाई ती किशोरले स्थानीय स्थानीय रातोपुलमा स्थित एक गहुँबारीमा लगेर बलात्कार गरेको खुलेको छ । पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे घटनाबारे महानगरीय प्रहरी वृत ठिमीले अनुसन्धान गरिरहेको हो । पक्रउ परेका किशोर सुनसरी जिल्लाको भएको सोधपुछका क्रममा खुलेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments