Incident Reports

महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ – Online Khabar

2021-12-07

Sudurpashchim, Dadeldhura, Parashuram

२१ मंसिर, धनगढी । डडेल्धुरामा महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ परेका छन् ।जिल्लाको परशुराम नगरपालिकाकी वडा सदस्य राजमती ऐरलाई दुर्व्यवहार गरेको आरोपमा नगर अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) देवेन्द्र पालले ऐरले दिएको जाहेरीका आधारमा नगर अध्यक्ष माललाई मंगलबार पक्राउ गरिएको जानकारी दिए ।उनका अनुसार मालले केही दिन अघि रंगुन खोला नजिकै ऐरमाथि हातपात तथा गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।पक्राउ परेका माललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports