Incident Reports

साने दमाई बेपत्ता प्रकरण : नौ दिनपछि मृत फेला, हत्या हुनसक्ने परिवारको आशंका 

2021-11-29

Bagmati, Ramechhap, Ramechhap, Ward 4

रामेछाप, मंसिर २२ : रामेछाप लिखुतामाकोसी गाउँपालिका–४ का साने भनिने ७१ वर्षीय रामबहादुर दमाई मृत फेला परेका छन्। यही मंसिर १३ गते बिजुलीकोटमा भएको विवाहमा बाजा बजाएर फर्केका साने बाटोबाटै बेपत्ता भएका थिए। बेपत्ता भएको नौ दिनपछि मंगलबार उनी लिखुतामाकोसी गाउँपालिका–४ चोप्राङमा मृत फेला परेका हुन्। साने मृत भेटिएपछि उनका परिवारले भने हत्याको आशंका गरेका छन्। बाटोबाट लडेर मृत्यु हुने सम्भावना नरहेका कारण पनि परिवारले सानेको हत्याको आशंका गरका हुन्। बाटो तल खेत रहेको र खेतपछि मात्रै भीर रहेका कारण नियोजित रूपमा हत्या गरि शव फालिएको हुन सक्ने परिवारका एक सदस्यले बताए। यस सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सानेका परिवारले माग गरेको छ।

१३ गते बिहेमा बाजा बजाउन भनेर स्थानीय जुल्फे भनिने तिलक दमाई र ठुल्कान्छा भनिने बिरे दमाईले सानेलाई लिएर गएका थिए। फर्कंदा भने साने ठूलोकान्छा सँग आएका थिए। जुल्फेले सानेको जिम्मा ठुल्कान्छालाई दिएका थिए। घर फर्कंदा साँझ परिसकेका थियो। बीच बाटोमा आफूलाई शौचालय जानुपर्ने भएको र सानेलाई एकैछिन बाटोमा बस्नू भनेर शौचालय गएको ठुल्कान्छाले बताएका छन्। पछि शौचालयबाट फर्कंदा साने त्यहाँ नभएको र घरतिर हिँडिसक्यो होला भन्ठानेर आफू पनि घर फर्किएको ठुल्कान्छाले बताएका छन्। साने मृत फेला परेपछि ठुल्कान्छाको वयानमा परिवारले शंका व्यक्त गरेका छन्। साने दमाईका भतिज दीपक ७१ वर्षका वृद्ध व्यक्तिलाई घरसम्म नल्याइदिनुले पनि शंका उत्पन्न गरेका बताउँछन्। ‘हिँड्न पनि राम्ररी नसक्ने व्यक्तिलाई घरसम्म किन ल्याइएन? घर पुगेनपुगेको थाहा पाउन बिरे दमाई किन गएनन्?’ उनले प्रश्न गरे।

साथमा गएका बीरे र तिलकले साने घर पुगे नपुगेको बारे सोधपुछ गर्न नआएका कारण पनि नियोजित हत्या भएको परिवारको दाबी छ। ‘तिलक र बिरेले दिएको बयान अपत्यारिलो छ, ठूलाे बुबाको हत्या नै भएको हो,’ दीपक भन्छन्, घटनाक्रम बुझ्दा र घटनास्थल हेर्दा जाे काेहीले पनि हत्या भएकाे अड्कल सहज रूपमा गर्न सक्छन् ।' आर्थिक चलखेल गरेर घटनालाई दबाउन खोजिएको समेत परिवारले आरोप लगाएको छ। उनीहरूले घटनाको गहिरो छानबिन गरी उचित न्याय दिन प्रहरी प्रशासनसँग माग गरेका छन्। मृत फेला परेका साने दमाईको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागन्ज पठाइएको परिवारले जनाएको छ।

पोस्टमार्टम रिपोर्टपछि मात्रै थप खुलासा हुन्छ : डिएसपी ढुंगाना

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज ढुंगानाले मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएकोमा रिपोर्ट प्राप्त भएपछि मात्रै थप अनुसन्धान गर्न सकिने काठमाडौं प्रेसलाई जानकारी दिए। डिएसपी ढुंगानाका अनुसार मंगलबार दिउँसो साढे १ बजे सानेको शव भेटिएको थियो। हत्या भएको हुनसक्ने ढंगले पनि प्रहरीले अनुसन्धान गरेको उनले बताए । ‘मृतकको शव भेटिएको ठाउँमा उनले लगाएको सुनको औंठी र पैसा जस्ताको तस्तै छ,’ डिएसपी ढुंगानाले भने, ‘मोटिभ पत्ता लागेको छैन, त्यसकारण हत्याको शंका गर्ने ठाउँ भेटिएन।’ यद्यपि परिवारको आशंकालाई सम्मान गर्दै पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको थप छानबिन गर्ने ढुंगानाले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports