Incident Reports

मणिपाल कलेजले बढी शुल्क लिएको विरोधमा प्रदर्शन | Ratopati

2021-12-08

Gandaki, Kaski, Pokhara Lekhnath

पोखराको मणिपाल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले कलेजले अध्ययनरत विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क उठाएको आरोप लगाउँदै कलेज परिसरमा प्रदर्शन गरेका हुन् । विद्यार्थीबाट असुल गरेको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियुले बुधवार कलेजमा विरोध प्रदर्शन गरेको छ । मणिपाल कलेजले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीबाट अस्वभाविक शुल्क असुल गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको अनेरास्ववियुका गण्डकीका अध्यक्ष प्रकाश पौडेलले वताए ।उनले शुल्कबारे कलेज प्रशासनले बाहिर नबोल्न विद्यार्थीलाई धम्की दिएकोप्रति आपत्ति जनाए । विरोधमा उत्रिएका विद्यार्थीले मणिपाल प्रशासनको लुटतन्त्र विरुद्ध उभिन आह्वान समेत गरेका छन् । कलेजमा यही मंसिर २० गतेदेखि तालाबन्दी गरेको अखिलले अन्यायमा परेका विद्यार्थीहरुलाई क्याम्पस प्रशासनका विरुद्ध आन्दोलन गर्न आह्वान गरेको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments