Incident Reports

प्रहरी हवल्दारमाथि रड प्रहार गर्ने पक्राउ | Ratopati

2021-12-08

Bagmati, Kathmandu, Kathmandu

ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी हवल्दारलाई मापसे गरेका युवकले रडले हिर्काएका छन् । गएराति शंखमुलस्थित ग्रिल कारखानामा मापसे गरेर हल्ला गरिरहेको समूहलाई हवल्दार क्षेत्रबहादुर कार्कीले ‘हल्ला नगर्नु’ भनेर सम्झाएका थिए । सम्झाएर फर्कन लाग्दा हवल्दार कार्कीलाई ग्रिल कारखानामा कार्यरत बिक्रम माझीले पछाडिबाट रडले हिर्काएका हुन् । सिन्धुली घर भएका माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । हवल्दार कार्कीको निधार र टाउकोमा चोट लागेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी भएका उनी मंगलबजार प्रभागमा कार्यरत थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports