Incident Reports

हत्या आरोपमा पक्राउ

2021-12-08

Madhes, Mahottari, Matihani, Ward 7

नगेन्द्रकुमार कर्णजलेश्वर, मङसिर २३ गते । महोत्तरीको मटिहानी नगरपालिका ७ मा सासुको हत्या गरेको आरोपमा एक जना बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । मटिहानी नगरपालिका ७ बस्ने तेतरीदेवी खत्वे आफ्नै सासुको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । घरायसी विवादमा आफ्नै सासु ६० वर्षिया जगतारणदेवी खत्वेलाई कुटपिट गरी हत्या गरेको आरोपमा तेतरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।राति सासु र बुहारीमा घरायसी विवादपछि झगडा भएको र घटना भएपछि बिहान सासुको मृत्युभएको प्रहरीले जनाएको छ । सासु जगतारणको निधारलगायतका ठाउँहरुमा चोटपटक देखिएकाले हत्या भएको आशंकामा बुहारी तेतरीलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक आचार्यले बताउनुभयो । बुहारी तेतरीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिनुहुँदै थप कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने आचार्यले बताउनुभयो । विवादको कारण भने खुल्न नसकेको प्रहरी उपरिक्षक आचार्यले जानकारी दिनुभयो । थप अनुसन्धान भइरहेकोले उहाँले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments