Incident Reports

एमसीसी सम्झौता खारेजको माग गर्दै दलीय मोर्चाद्वारा एमसीए कार्यालय घेराउ « News24 : Premium News Channel

2021-12-13

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक पार्टी र मोर्चाहरुले काठमाडौंस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) कार्यालय घेराउ गरेका छन् । दलीय मोर्चाले सोमबार एमसीसी सम्झौता खारेजको माग गर्दै एमसीए कार्यालय घेराउ गरेका हुन् । उनीहरुले संयुक्त राजनीतिक पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार एमसीए कार्यालय घेराउ गरिएको बताएका छन् । उनीहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्ति शक्तिहरु एक हौं,लगायतका नाराहरु लगाउँदै एमसीए कार्यालय घेराउ गरेका हुन् ।

घेराउ कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’, नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेललगायतले संयुक्त मोर्चामा आवद्ध विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । गत बुधबार संयुक्त मात्रै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादी)का मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सीपी मैनाली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रेस विज्ञप्ति जारी गर्दै एमसीए कार्यालय घेराउलगायत संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद अधिवेशन बैठक हलको भवन निरीक्षण गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments