Incident Reports

एमसीसीको बिरोध गर्दै नारायणगढमा बन्दकर्ताले गरे ट्रकमा तोडफोड - Narayanionline.com

2021-12-14

Bagmati, Chitawan, Bharatpur

बन्दकर्ताहरुले नारायणगढमा एउटा ट्रकमा तोडफोड गरेका छन् । आज विहान न्यूरोडतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख १३१२ नम्बरको ट्रकमा बन्द कर्ताहरुले तोडफोड गरेका हुन् । ढुंगा प्रहारबाट ट्रकको सीसा फुटेको प्रहरीले जनाएको छ । ट्रकमा ढुंगा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रमा तोडफोडलगायतका गतिविधि हुन नदिन अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै चितवन बन्द गराउँदै हिडेका नौ जना विहान पक्राउ गरि सकेको छ । माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजबादी), विप्लव नेतृत्वको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, मोहन बैद्य र ऋषि कट्टेलको नेकपा, त्रिमुल, जनरोकार मञ्ज लगायतका १३ वटा दल रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments