Incident Reports

एमसिसीको विरोधमा चितवन बन्द: शिक्षण संस्था चल्न सकेनन्, यातायात सुचारू :: सेतोपाटी संवाददाता :: Setopati

2021-12-14

अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै आह्वान गरिएको चितवन बन्दको असर चितवनका सहरी क्षेत्रमा परेको छ। एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै मंगलबा चितवन बन्दको आह्वान गरेको हो। बन्दका कारण शिक्षण संस्था संचालनमा आउन सकेका छैनन्। पसलहरू आंशिक खुलेका छन्। बन्दकर्ता सडकमा नरहेका कारण सवारी साधन भने चलेका छन्। बन्द गर्दै हिँडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले बिहानै पक्राउ गरेको छ।

पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आह्वान गरिएको संघर्ष समितिले बताएको छ। मंगलबारको संसदको बैठकमा एमसिसीको विषयमा पनि निर्णय हुनसक्ने भन्दै त्यसको विरोधमा बन्द घोषणा गरिएको समितिले जनाएको छ। एमसिसीको विरोधमा संघर्ष समितिले यसअघि चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुसलगायतका कार्यक्रम गरेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments