Incident Reports

संसद घेराउ गर्न पुगेका ६ दलीय संगठनका ६० कार्यकर्ता पक्राउ

2021-12-14

Bagmati, Kathmandu, Kathmandu, Ward 10

एमसिसिको विरोध गर्दै बानेश्वरस्थित संसद भवन घेराउ गरेपछि प्रहरीले ६० जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरुमध्ये विप्लव समूह र ६ दलीय गठबन्धनका नेता कार्यकर्ता रहेका प्रहरीले जनाएको छ। उनीहरुलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ। संसद वैठक सुरु भएलगत्तै संगठनका कार्यकर्ताहरूले चर्को स्वरमा नारा लगाउँदै संसद भवन घेराउ गरेका थिए। निषेधित क्षेत्र तोड्न लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बानेश्वर वृत्तले जनाएको छ।

प्रदर्शनकारीले तडकभडक गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रदर्शनकै क्रममा केहिले प्रहरीमाथि ढुंगा तथा इटा प्रहार गरेका थिए। प्रहरीसँग झडप भएपछि विप्लव समूहका तीन कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ।

संसद बैठक बोलाइएकै समय पारेर उनीहरु संसद भवन घेराउ गर्न पुगेका थिए। यीनै संगठनले मंसिर २७ गते नेपालस्थित एमसिएको कार्यालय पुगेर नारा–जुलशका साथै कार्यालय घेराउ गरेका थिए। त्यस्तै, माइतीघर, नयाँ बानेश्वर, बालुवाटारलगायत ठाउँमा पनि प्रदर्शन गर्दैै आइरहेका थिए। नियन्त्रणमा लिएकाहरुलाई आवश्यक कारबाहीपछि मात्रै छाडिने प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons Other
Primary Cause Other governance issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 3
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments