Incident Reports

बालिका हत्या घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-12-11

Sudurpashchim, Achham, Mangalsen, Ward 10

मंगलसेन नगरपालिका–११ खिमाडाकी १६ वर्षीया बालिका सृजना भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले सोही नगरपालिका–१० जुपुका १८ वर्षीय जीवन रावल र १३ वर्षीय रोहित रावललाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । जगत रावललाई भेटन गएकी बहिनीको हत्या गरिएको अवस्थामा शव फेला परेपछि जगत रावल र उनीसँगै रहेका रोहित रावलका विरुद्ध मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको मृतकका दाजु जगत भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलसीराम अर्यालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । प्रेमी जिवन रावललाई भेटन गएदेखि नै सम्पर्क विहिन भएकी बालिकाको मंगलसेन रामारोशन सडक खण्डको खरमेलामा हत्या गरी फालिएको अवस्थामा मङ्सिर २५ गते शव फेला परेको डिएसपी अर्यालले बताउनु भयो । शवको पोष्टमार्टम मङ्सिर २६ गते जिल्ला अस्पतालमा गरिएपछि मङ्सिर २७ गते आफन्तले शव बुझेर दाहसस्कार गरेका छन् ।मृतक बालिका स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत रहेकी थिइन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments

Related Reports