Incident Reports

छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार

2021-12-17

Bagmati, Kathmandu, Kathmandu, Ward 13

काठमाडौँ — काठमाडौं महानगरपालिका–१३ छाउनीमा शुक्रबार राति ट्याक्सी चालकमाथि चुक्कु प्रहार भएको छ । नेपाल टेलिकमको कार्यालय अगाडि काभेपलाञ्चोक रोशी गाउँपालिका घरभई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामालाई बा १ ज १४४६ नम्बरको ट्याक्सीमै बारा कलैयाका १९ वर्षीय विकास सरावले चक्कु प्रहार गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शुक्रबार साँझ चालकमाथि सोही ट्याक्सीमा सवार यात्रुले चक्कु प्रहार गरेका हुन् । घाइते लामालाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले तत्कालै उद्धार गरेर मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेको थियो । तर त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टरमा रिफर भएको प्रहरीले जनाएको छ । आरोपी सरावलाई चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports