Incident Reports

गाउँपालिकामा कर्मचारीको यौन दुर्व्यवहार काण्ड यसरी गुपचुपमै मिल्यो !

2021-12-17

Lumbini, Banke, Khajura

बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखाअधिकृत प्रदीप सुनारले आफ्नै महिला कर्मचारीलाई गरेको यौन दुर्व्यवहारको घटना गुपचुपमै मिलापत्र टुंगिएको छ। महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका खराल र सुनारलाई कारबाही गर्नुपर्ने माग राख्दै केही युवाहरूले गरेको हातपातको विषय र यौन दुर्व्यवहारको विषयमा दुवै पक्षले माफी दिने सहमति भएपछि उक्त विषय मिलापत्रमै टुंगिएको हो। खजुरा गाउँपालिकाका कर्मचारीहरू वनभोजका लागि कैलालीस्थित टीकापुरमा गएकाबेला शुक्रबार राति ति महिला कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। त्यसपश्चात् केही युवाहरूले यौन दुर्व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृत खराल र लेखाअधिकृत सुनारलाई कारबाहीको माग गर्दै कार्यालय घेराउसँगै उनीहरू माथि हातपात गरेका थिए। उक्त हातपातपछि यौन दुर्व्यवहारको आरोप लागेका खराल र सुनारले अदालतसम्म पुग्ने धम्की दिएका थिए। पीडित भनिएकी ती महिला कर्मचारीलाई पनि दबाबमा पारेर लिखित जाहेरीसमेत दिनबाट रोकी धम्कीपूर्ण ढंगले मिलापत्र भएको स्रोतले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारमाथि हातपात भएपछि खजुरा गाउँपालिकाका कर्मचारीले बिहीबार कार्यालयको कामकाजसमेत प्रभावित पारेका थिए। आफूहरूमाथि लागेको आरोपलाई कानुनी रूपमा नजाने गरी मिलापत्र भएको यौन दुर्व्यवहारको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताएको नागरिकले उल्लेख गरेको छ
‘हामीमाथि आरोप मात्र लगाइएको थियो,’ उनले भने, ‘आरोप लगाउने पक्ष र हामीबीच मिलापत्र भएको छ।’ तर आफूहरूलाई कार्यालय हाताभित्रै हातपात भएको विषयमा कानुनी प्रक्रियामा जाने प्रक्रिया सुरु भएको उनले बताए। ‘हामी अगाडि बढिरहेका छौं,’ उनले भने, ‘हामीलाई लगाइएको आरोपमा मात्र सहमति भएको हो।’ उनले यसो बताइरहे पनि दुवै पक्षबीच कानुनी रूपमा नजाने गरी सहमति भएको गाउँपालिका स्रोतले जनाएको छ। पीडक भनिएका व्यक्तिहरूले माफी मागेपछि यो विषय टुंगिएको खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले बताइन्। ‘हामीले पीडित भनिएकीसँग कुरा बुझ्यौं र सुन्यौं,’ उनले भनिन्, ‘अन्याय भएको जस्तो हामीलाई लाग्यो। हामीले उजुरी दिन पनि भनेका हौं। तर कसैको करकापमा नभइ दुवै पक्षबीच सहमति भएको छ।’ अबदेखि यस्ता गल्ती नदोहोर्‍याउने सर्तमा पीडक भनिएकाले माफी मागेको उनले बताइन्। ‘घटना के–के भयो हामी प्रत्यक्षदर्शी होइन,’ उनले भनिन्। यता प्रहरीले भने लिखित उजुरी नआएकाले पीडक भनिएकाहरूलाई थुनामुक्त गरेको जनाएको छ। खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले यौन दुर्व्यवहार गरेको भन्दै मौखिम उजुरी दिने महिला कर्मचारीले लिखित जाहेरी नदिँदा प्रहरी कानुनी प्रक्रियाबाट अगाडि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मधुसुदन न्यौपानेले बताए। ‘मौखिक उजुरी आएपछि हामीले पक्राउ गरेकै थियौं,’ उनले भने, ‘पीडित भनिएकीले जाहेरी दिनु भएन। बाध्य भएर २४ घन्टापछि पीडक भनिएकालाई थुनामुक्त गरेको उनको भनाइ छ। ‘लागु औषधलगायतका केही विषयमा प्रहरी प्रतिवेदनले काम गर्छ,’ उनी भन्छन्, ‘तर महिलामाथि हुने अभद्र व्यवहारमा प्रहरी प्रतिवेदनले मात्र काम गर्दैन। पीडित महिलाले नै जाहेरी दिनुपर्छ।’ बलात्कारनै नभएको भन्दै उनले भने, ‘यौन दुर्व्यवहार रहेछ। के–के भयो भएन उहाँ (पीडित भनिएकी महिला) लाई थाहा होला।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments