Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

2021-11-28

Bagmati, Dhading, Dhunibesi, Ward 5

तनहुँ जिल्ला भानु नगरपालिका–१० की ४९ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा लम्जुङ राईनस नगरपालिका–३ निवासी ३८ वर्षीया मुना परियार र उनका पति ४२ वर्षीय विष्णु परियारले प्रहरीले पुस १ गते धुनिबेसी नगरपालिका–५ धार्केबाट गिरफ्तार गरेको छ । बोक्सी लागेकोले बोक्सी भगाउने भन्दै पीडित महिलालाई आरोपितद्वयले कुटपिट गर्नुका साथै पन्यूले डामेर घाइते तुल्याएको भन्दै पीडितका आफन्तले पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर राम थापाले बताउनुभयो । पीडित नातेदारको घर जान लागेको समयमा ज्याला मजदुर गर्ने आरोपितहरूसँग मङ्सिर १२ गते धार्केमा भेट भएको थियो । सोही क्रममा पीडितलाई बोक्सी लागेको छ, बोक्सी भगाउनु पर्छ भन्दै धामी झाक्रीको काम गर्ने आरोपितहरूले पुन्यू तताएर डाम्ने तथा कुटपिट गरेका थिए । पीडितकाे हालसम्म सोही अस्पतालमा उपचार भइरहेको पीडितका तर्फबाट प्राप्त उजुरीमा उल्लेख गरिएको इन्स्पेक्टर थापाले बताउनु भयो । सो घटनामा गम्भीर घाइते भएकी पीडितलाई आफन्तले उद्धार गरी सोही दिन उपचारको लागि सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँमा लगेका थिए। आरोपित दुवै जनालाई प्रहरीले पुस २ गते जिल्ला अदालत पेश गरेकोमा आदलको आदेश बमोजिम बोक्सा बोक्सी आरोप सम्बन्धी मुद्दामा अनुसन्धान गर्न पाँच दिनमो म्याद थप गरी हिरासतमा पठाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments