Incident Reports

एमसीसी खारेजीको माग गर्दै हेटौंडामा प्रदर्शन

2021-12-21

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ । आज मंगलबार दिउँसो हेटौंडाको सिमाचोकमा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर,नेकपा मसाल मकवानपुर,देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर र राष्ट्रिय जनसरोकार मंच नेपाल मकवानपुरको संयुक्त आयोजनामा एमसीसी खारेजीको माग राख्दै प्रदर्शन भएको हो । प्रदर्शनमा उल्लेखनिय विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनिहरुले नो एमसीसी,रिजेक्ट एमसीसी,राष्ट्रिघाती एमसीसी खारेज गर लगाएतको प्ले कार्ड बोकेका थिए । प्रदर्शनलाई विप्लव मकवानपुरका ईन्चार्ज नयन र नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरका इन्चार्ज सागरले सम्बोधन गरेका थिए । उनिहरुले एमसीसी राष्ट्रहित नभएको भन्दै सरकारलाई एमसीसी फिर्ता गर्न आग्रह गरेका छन् । उनिहरुले सरकारले एसीसी सम्झौता प्रक्रिया अगाडी बढाए कडा अन्दालन गर्ने चेतवनी समेत दिएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Chand) and affiliated org , Rastriya Janamorcha
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments