Incident Reports

विद्यार्थीलाई यातना दिने होस्टल वार्डेन पक्राउ

2021-12-19

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 15

पोखरा — राति सुत्दा ओछ्यानमा पिसाव फेरेको भन्दै नाबालकको लिंगमा रबरले बाँधेर यातना दिने होस्टल वार्डेनलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा–१५ गलेश्वर चोकमा रहेको न्यू लाइफ स्कुलकी वार्डेन जानुका नेपाली पक्राउ परेकी हुन् । उनले विद्यालयको होस्टलमा बस्ने ६ वर्षीय बालकलाई राति ओछ्यानमा पिसाव फेर्न नदिन यौनांगमा रबरले बाँध्ने गरेको खुलेको छ । यस्तो कुरा अर्का विद्यार्थीले सोमबार विद्यालयकै एक शिक्षिकालाई सुनाएपछि वार्डेनले बालकलाई यातना दिने गरेको सार्वजनिक भएको थियो । शिक्षिकाले बालकलाई हेर्दा पेट फुलेको र रोइरहेको अवस्थामा थिए । होस्टल वार्डेन नेपालीले आफूले गल्ती गरेको र अब त्यस्तो कर्तुत नदोहोर्‍याउने भन्दै लिखित समझदारी गरेकी थिइन् । उक्त घटना सार्वजनिक भएपछि भने प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । नुवाकोट पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–१४ बस्ने २७ वर्षीया नेपालीलाई बालबालिका विरुद्धको कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपक केसीले बताए । कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरकेको उनले जनाए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments