Incident Reports

परपुरुषसँग लागेको भन्दै श्रीमतीको हत्या

2021-12-22

Karnali, Surkhet, Gurbhakot, Ward 13

सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। परपुरुषसँग सम्बन्ध राखेको भन्दै ती पुरुषले श्रीमतीको हत्या गरेका हुन्। गुर्भाकोट नगरपालिका –१३ का ७१ वर्षका भिमबहादुर परिवारले ६९ वर्षीया श्रीमती गौमाया परिवारलाई दाउराको चिर्पट र मसला पिस्ने लोरोले हिकाएर हत्या गरेको प्रहरीले जनाएको छ । चिर्पट र लारो रगतले मोसिएको अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ।प्रहरीलाई भीमबहादुरले परपुरुषसँग सम्बन्ध राखेको भेटाएपछि त्यही झोकमा श्रीमती हत्या गरेको बताएको छ। रिसको झोकमा हत्या गरेपछि घटना मोडको लागि परपुरुषसँग सम्बन्ध राखेकाले हत्या गरेको भन्ने भनाइ झुट पनि हुन सक्ने सुर्खेतका प्रहरी प्रमुख पदमबहादुर विष्टले बताए। ‘रिसको झोकमा हत्या गरेको हुनसक्छ,’ सुर्खेत प्रहरी प्रमुख (एसपी) विष्टले भने, अहिले परपुरुषसँगको सम्बन्ध कारण देखाएर हत्या गरेको भीमबहादुरले बताएका छन्। प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ। सुर्खेत प्रहरीले भीमबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments