Incident Reports

तास खेलेर सँगै सुतेका साथीमाथि रड प्रहार भएपछि...

2021-12-22

Lumbini, Rolpa, Runtigadi, Ward 9

रोल्पामा तास खेलेर सँगै सुतेका तीन साथीमाथि एक जनाले रड प्रहार गरेको खुलेको छ। रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ का ४६ वर्षीय टेकबहादुर वलीले तास खेलेर एउटै कोठामा सुतेका तीन साथीमाथि रड प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार घटनाको अनुसन्धानका क्रममा सँगै सुतेका साथीमाथि टेकबहादुरले रड प्रहार गरेको खुलेको बताए। रड प्रहारबाट रुन्टीगढी ७ का ३९ वर्षीय सरोज पुन, ४२ वर्षीय भीमबहादुर थापा र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ४ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय मैतबहादुर बिक घाइते छन्। घाइतेमध्ये थापा र विकको कोहलपुरमा र पुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। तीनै जनाको अवस्था गम्भीर रहेको छ। उनीहरू जंगल छेउ पुगेर तास खेलेका थिए। ‘दुई-तीन दिनदेखि जंगलमा बसेर तास खेलेका रहेछन्। घटना भएको दिन पनि सँगै तास खेलेर उनीहरू होटलमा सुत्न गएका रहेछन्,’ प्रनाउ घिमिरेले भने, ‘हारेपछि आक्रोशमा घटना भएको हो कि पैसा लुट्न हो भन्ने अझै खुलेको छैन।’

प्रहरीले भने वलीको साथबाट पैसा बरामद नभएको बताएको छ। रड प्रहार गरेकोबारे सुरूमा अस्वीकार गरे पनि पछि वलीले घटना घटाएको स्वीकार गरेको प्रहरीको दाबी छ। आफूसँग १६/१७ हजार मात्रै पैसा भएकोले कम दाउ हानेकोसमेत बयान वलीले दिएका छन्। घटनापछि फरार रहेका वलीलाई प्रहरीले बुधबार हातखोला भन्ने ठाउँबाट पक्राउ गरेको थियो।उनीहरू मंगलबार राति रुन्टीगढीको होलेरी बजारस्थित ‘होलेरी गेष्ट हाउसमा’ बास बसेका थिए। घटना भएको थाहा पाएपछि बुधबार बिहान करिब ३ बजेतिर प्रहरी उक्त होटल पुगेको थियो। घाइते अवस्थामा भेटिएका उनीहरूलाई उद्धार गरी उपचारका लागि राप्ति विज्ञान प्रतिष्ठान पठाइएको थियो। थप उपचार गर्न घाइतेहरूलाई भैरहवा र कोहलपुर लगिएको थियो। घाइतेको अनुहार र टाउकोमा चोट छ। घटनास्थलबाट रडसमेत बरामद गरिएको प्रहरीले बताएको छ। घाइतेमध्ये थापाको रा ४ प २५०० नम्बरको मोटरसाइकल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ स्थित हापुर खोलामा फेला परेको छ। प्रहरीको दाबीअनुसार रड प्रहार गर्ने वलीले नै उक्त मोटरसाइकल चलाएर दाङमा छाडेका थिए। मोटरसाइकल खोलामा छोडेर उनी टिपर चढेर रोल्पा फर्कदै गर्दा पक्राउ परेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 3
National/Online Media

0 Comments

Related Reports