Incident Reports

हत्या आरोपमा वडा अध्यक्षसहित चारजना पक्राउ

2021-12-06

Karnali, Salyan, Darma, Ward 2

सल्यान — छिमेकीको विवाह भोज खान गएका व्यक्तिको मृत्यु रहस्यमय भएपछि प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको छ । गत मंसिर २० गते दार्मा गाउँपालिका-२ पाजाखोलामा ७० वर्षीय टेकबहादुर खत्री मृत अवस्थामा भेटिएका थिए । प्रहरीले वडा अध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई पक्राउ गरेको हो । खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलमा चढेर भोज खान गएको र मृतकलाई गोठमा लगेर राख्न स्थानीयले सहयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामप्रकाश यादवले बताए । आरोपी सबैलाई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृतकका आफन्तले हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले रामबहादुर, कुलबहादुर र लक्ष्मण खत्रीलाई मंसिर २७ गते पक्राउ गरेको र वडाध्यक्ष खत्रीलाई पुस ५ गते पक्राउ गरेको हो । खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन् । प्रहरीले वडा अध्यक्ष केसीले चलाउँदै आएको दार्मा गाउपालिकाको लू ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments