Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2021-12-24

Sudurpashchim, Kailali, Bardagoriya, Ward 2

बर्दगोरिया गाँउपालिका–२ की ३० वर्षीया किमसरा विकलाई चिर्पटले टाउँकोमा हानेर गम्भिर घाइते बनाएको आरोपमा प्रहरीले ३५ वर्षीय पति भरत बिकलाई पुस ८ गते गिरफ्तार गरेको छ । घरायसी विषयमा पुस ८ गते झगडा भएपछि आरोपितले चिर्पटले टाउँकोमा हानेर गम्भिर घाइते बनाएपछि उपचारको लागि बर्दगोरिया स्वास्थ्य चौकीमा लगिएको भएपनि स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि पुस ८ गते कोहलपुर मेडिकल कलेजमा लगिएको पीडितका काका जनकबहादुर विकले इन्सेक प्रतिनिधीसँग फोनमा बताउनु भयो । पीडित पक्षले पुस ८ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी बहुनिया प्रहरी चौकीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधीसँगको भेटमा बताउनु भयो । पीडित बर्दगोरिया गाँउपालिका–६ स्थित स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments