Incident Reports

अपराधी समाउन खोज्दा नेपाल प्रहरीका सई अवस्थीमाथि खुकुरी प्रहार !

2021-12-25

Bagmati, Kathmandu, Tarakeshwor

आफ्नै साथीलाई खुकुरी प्रहार गरेर फरार भएका आरोपी समाउन गएका नेपाल प्रहरीका सई पदम अवस्थीमाथि शनिबार मध्यराती खुकुरी प्रहार भएको छ । उनी महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत छन् । उनको टाउकोमा गंभिर चोट लागेको छ । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार शनिबार मध्यराती काठमाडौं तार्केश्वर नगरपालिका शेषमति लामबगरमा दुई युवाबीच विवाद हुँदा रामेछापका शनि तामाङले दोलखाका सुवाष तामाङलाई खुकुरी प्रहार गरेका थिए । पक्राउ परेका शनिलाई महानगरीय प्रहरी वृत्त बालाजुको हिरासतमा राखिएको छ । यस्तै शनिले प्रहार गरेको खुकुरी लागेर घाईते भएका सुवासको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports