Incident Reports

प्रहरीलाई बलात्कार गर्ने प्रशासकीय अधिकृत पक्राउ

2021-12-24

सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पाका एक अधिकृत पक्राउ परेका छन् । आफूलाई जबरजस्ती करणी गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनीबिरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् । उनलाई रोल्पा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ ।बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई बलात्कारको आरोप लगाएकी हुन् । जबर्जजस्ती करणी उद्योगमा पक्राउ परेका थापाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments