Incident Reports

सिराहामा सिके राउतका कार्यकर्ताद्वारा गाडीहरु तोडफोड

2021-12-26

Madhes, Siraha, Mirchaiya

११ पुस, लहान । सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् । एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार-पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए । ‘चार-पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिएका छैनौं, लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन्,’ एसपी पाण्डेले भने । बल प्रयोग गरेर प्रहरीले बाटो खुलाएको उनले बताए ।

औरही गाउँपालिकाबाट किसानहरूले गहुँको बिउ लुटेर लगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments