Incident Reports

महन्थ ठाकुरले एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ

2021-12-26

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ मा पार्टीका प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरु एकलौटी ढंगले नियुक्त गरेको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय कार्यालय घेराउ गरेका छन् । आइतबार लोसपा नेपालका असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले काठमाडौँस्थित केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । सो क्रममा उनीहरुले ठाकुरले गरेका एकलौटी निर्णय सच्याउनुपर्नु माग गरे का छन्। लोसपा नेपालका नेतृ विन्दु ठाकुरले अध्यक्ष ठाकुरलाई भेटेर यसबारे ध्यानाकर्षण गराउन खोजेपनि समय नदिएको गुनासो गरिन् । उनले भनिन्, ‘हामीले आइतवार पार्टीकोे केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष ठाकुरसँग भेटघाट गर्न समय मागेका थियौं । तर, अध्यक्ष ठाकुरज्यूले हामीसँग भेट गर्न नमानेपछि पार्टी कार्यालय घेराउ गर्दै धर्ना दिएका हौं ।’ पार्टी विधान अनुसार अध्यक्षले केन्द्रिय कार्य समितिमा छलफल गरेर मात्रै नियुक्ती गर्नुपर्ने व्यवस्था भएपनि विधान र प्रक्रियालाई समेत ख्याल नगरिएको नेता धीरेन्द्रप्रसाद सिंहले बताए । उनले अध्यक्ष ठाकुरले गरेका नियुक्ती रद्द नभएसम्म केन्द्रिय कार्यालय घेराउ देखि तालाबन्दीसम्म गर्ने चेतावनी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Lokatantrik Samajwadi Party (LoSaPa)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Lokatantrik Samajwadi Party (LoSaPa)
Actor 2 - Youth na
National/Online Media

0 Comments