Incident Reports

बलात्कार प्रयासको आरोपमा तीन पक्राउ

2021-08-25

Madhes, Saptari, Shambhunath, Ward 12

सप्तरी — दुई बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले तीन आरोपितलाई आइतबार पक्राउ गरेको छ । बलात्कार प्रयासको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियाका २५ वर्षीय परमेश्वर चौधरी, २२ वर्षीय देवा चौधरी र २० वर्षीय रामविलाश चौधरीलाई पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी जनाएको छ ।प्रहरीका अनुसार बलात्कार प्रयास गरेको भन्दै पीडितका मामा र बाबुले इलाका प्रहरी कार्यालय कल्याणपुरमा भदौ ९ गते संयुक्त उजुरी दिएका थिए । पीडितका अनुसार लहरनियास्थित पूर्वपश्चिम डगर बाटोमा रहेको पोखरीदेखि उत्तरको आँप बगैँचामा भदौ ६ गते राति आरोपितले बलात्कार प्रयास गरेका हुन् ।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा लागेको कृष्ण झुलाको मेला र सांस्कृतिक कार्यक्रम हेरेर किशोरी फर्किँदै थिए । डोरीको पासो लगाई आरोपितले बलात्कार प्रयास गरेपछि उनीहरू भागेर गाउँ पुगेको पीडितले बताए । इलाका प्रहरी कार्यालय कल्याणपुरले भदौ ९ गते नै उजुरी दर्ता गरेको र पक्राउ परेका आरोपितलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments