Incident Reports

लोहोरोले हानेर श्रीमतीको हत्या

2021-12-24

Province 1, Panchthar, Falgunanda, Ward 2

पाँचथर । फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो । जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो । उनको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीले इन्द्रकुमारलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments