Incident Reports

सिरहाका प्रहरी प्रमुखलाई ‘चोकमा लगेर जनकारबाही गर्ने’ सीके राउतको धम्की « News24 : Premium News Channel

2021-12-28

काठमाडौँ । आज मंगलबार सिरहामा आमहड्ताल आह्वान गरेको जनमत पार्टीका प्रमुख सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् । राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिइएको हो ।

मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ ।जनमत पार्टीले आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यसले गर्दा झडपको सम्भावना समेत बढेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports